दसैंको दिन दोलखा हल्लियो
काठमाडौं, असोज २५
दोलखा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो १२ बजेर ५३ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको छ ।
दसैँको दिन परकम्प जाँदा टीकाको तयारी गरेका तथा टीका लगाउन आफन्तकोमा जाँदै गरेका केही बेर त्रसित भएका थिए ।
यो गत वर्ष वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प रहेको ।राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: २५ आश्विन २०७३, मंगलबार