सुनको मूल्य आज फेरि घट्यो


 



काठमाडौं, कात्तिक २७
नेपाली बजारमा आज सुनको मूल्य फेरि घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार सात सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थीर छ । चाँदी आज पनि प्रतितोला एक हजार दुई सय २० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्