‘डान्स मास्टर लिटल च्याम्स’ रियालिटी सो हुने, विजेतालाई २५ लाख


 



काठमाडौं, कात्तिक २९
नेपालमा ‘डान्स मास्टर लिटल च्याम्स’ रियालिटी सो हुने भएको छ । १५ वर्ष मुनिका बालबालिकाले उक्त रियालिटी सोमा ३२ वटा श्रृंखला प्रशारण हुने कार्यक्रम केही पहिना पछि सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि डिजिटल अडिसन लिने तयारी भइरहेको छ । उक्त सो निर्देशक विशाल भण्डारीले गर्नेछन् । ‘कमेडी च्याम्पियन’ सिजन–२ सकिए पछि उक्त सो हुने भण्डारीले जानकारी दिए । 

तीन जना जज राखिने तर त्यसमा एकजना सुपर जज रहने छन् । सुपर जजका लागि नेपाली नायिकाहरुसँग छलफल भइरहेको आयोजकको भनाइ छ । दुईजना निर्णायक बलिउडमा कार्यरत नेपाली मुलका डान्सर हुनेछन् । तर नाम गोप्य राखिएको छ । 

सोको विजेताले २५ लाख, फष्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले १० रुपैयाँ पाउने छन् । तर यो रकम उनीहरुले कोरियोग्राफरसँग ५०र५० प्रतिशत बाड्नु पर्नेछ । 

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम थ्रि–प्रोडक्सन र नेपा प्रोडक्सनले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । शनिबार थ्रि–प्रोडक्सनका तर्फबाट विशाल भण्डारी र राजकुमार घिमिरे तथा नेपा प्रोडक्सनका तर्फबाट रोहिया महर्जन र रिना महर्जनको उपस्थितीमा कार्यक्रम निर्माणका लागि सम्झौता भएको छ । 

प्रकाशित मिति: २९ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्