आज कति छ सुनको मूल्य ?


 



काठमाडौं, मंसिर ८
आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि यथावत रहँदै प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ८ मंसिर २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्