आज ह्वात्तै घट्यो सुनको मूल्य


 



काठमाडौं, मंसिर ९
बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार पाँच सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ८० मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ९ मंसिर २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्