सुनको मूल्य आज थप घट्यो


 



काठमाडौं, मंसिर १०
नेपाली बजारमा आज सुनको मूल्य थप एक हजार रुपैयाँ घट्दै प्रतितोला ९१ हजार पाँच सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार पाँच सय रुपैयाँका कारोबार भएको थियो । सुन हिजो पनि अघिल्लो दिनको तुलनामा एक हजार आठ सय रुपैयाँका दरले घटेको थियो ।

त्यस्तै, चाँदी तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ७५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १० मंसिर २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्