भारती सिंहलाई ड्रग्स दिने व्यक्ति पक्राउ


 


काठमाडाैँ, मंसिर १२
ड्रग्स मामिलामा पक्राउ परेका हास्यकलाकार भारती सिंह र हर्ष लिम्बाचिया जमानतमा रिहा भएका छन् ।

नारकोटिक्स कन्ट्रोल ब्यूरोको छापामारी उनको घर र कार्यालयबाट गाँजा भेटिएको सोधपुछको क्रममा आफूहरुले गाँजा सेवन गर्ने गरेको स्विकार गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।

भारती र हर्षसम्म ड्रग्स पुर्याउने कारोबारीलाई एनसीबीले बुधबार पक्राउ गरेको छ । मुम्बईका बान्द्रा कोर्ट जक्सनले बुधबार राती सुनिल गवाई नामका लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो । उनीसँग १.२५० किलो ड्रग्स पनि बरामद भएको छ । सोधपुछको क्रममा सुनिल आफैंले डेलिभरी ब्वई बनेर लागुऔषध ओसार पसार गर्ने गरेको बताए ।

प्रहरीको निगरानीबाट बच्न सुनिल सधैं फूड डेलिभरी बन्ने गर्दथे । तर यसपटक एनसीबीले पूरा तयारीसहित जाल बिछ्याए र उनलाई आफ्नो गिरफ्तमा लिए । सुनिलले भारती सिंहलाई पनि आफूले ड्रग सप्लाई गर्ने जानकारी दिए । आरोपी कारोबारीको नेटवर्क पश्चिमी मुम्बईमा धेरै सक्रिय थियो । उनको धेरैजसो ग्राहक पनि त्यसै इलाकाका थिए

प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्