कश्मिर भिडन्तमा भारतीय सेनामा कार्यरत नेपाली युवकको मृत्यु


 



दाङ, मंसिर १३
भारतीय सेनामा कार्यरत दाङको तुलसीपुरका एक युवकको कश्मिर भिडन्तमा परेर मृत्यु भएको छ ।

रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर सेनाका नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको हो । पाकिस्तानतर्फबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

उनका आमाबुबा, श्रीमती, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन् । गत चैतअघि दुई महिने बिदामा आएर घर बसेर गएका उनी नियमित फोन सम्पर्कमा रहेका थिए । घटनाका बारेमा ‘लाइन अफ कन्ट्रोल’ मा शान्ति कायम गर्ने समझदारी उल्लंघन गर्दै पाकिस्तानतर्फबाट गोलाबारी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति: १३ मंसिर २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्