राजधानीका विभिन्न ठाउँमा तीन जना मृत फेला



काठमाडाैं, असाेज २८

राजधानीका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटी डेरा गरी बस्ने सोलुखुम्बुका ६० वर्षीय फुरग्यान्जेन शेर्पा बुधबार सुतेकै कोठामा मृतावस्थामा फेला परेका छन् ।

यसैगरी कामपा–३४, बानेश्बर क्याम्पस अगाडि बाटामा राखेको वा १ ज ६५२२ नंको माइक्रोबसभित्र सनाखत हुन नसकेका पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । यसैगरी कामपा–१२ टेकु बुद्धबारी मार्गमा सनाखत हुन नसकेका पुरुष बुधबार मृतावस्थामा फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News