उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित


 



काठमाडौं, मंसिर १४
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासंघको हिजो भएको ५४ औं वार्षिक साधारणसभाबाट ढकाल प्रतिस्पर्धी किशोकुमार प्रधानलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

ढकालले कुल खसेको मतको ५४।६२ र प्रधानले ४५।७४ प्रतिशत प्राप्त गरेका छन् । महासंघको विधान अनुसार ढकाल अब साढे दुई वर्षपछि स्वतः अध्यक्ष बन्नेछन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा आजदेखि १९ औं अध्यक्ष बनेका छन् । हिजोसम्म भवानी राणा महासंघको १८ औं अध्यक्ष थिइन् ।

गत चैतमा हुनुपर्ने महासंघको निर्वाचन कोरोना महामारीका कारण दुई पटक सरेर मंसिर ११ गतेदेखि १३ गतेसम्मको लागि तय भएको थियो ।

निर्वाचनमा ढकालले एसोसियटतर्फ ५ सय २२ र किशोरले ३७५ मत ल्याएका छन् भने वस्तुगतमा ढकालले ५९ र किशोरले ३९ मत ल्याएका छन् । त्यसैगरी जिल्लानगरतर्फ ढकालले ५२ र किशोरले ५३ मत ल्याएका छन् ।

प्रकाशित मिति: १४ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्