सुनको मूल्य निरन्तर घट्दै, आजपनि घट्यो


 



काठमाडौं, मंसिर १४
नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला ९० हजार ७०० कायम भएको छ । सुन हिजो प्रतितोला ९१ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ५० रुपैयाँ भएको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्