कलाकार भारती सिंहको जमानत खारेज गर्न एनसीबीको अपिल


 


एजेन्सी, मंसिर १७
नाकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एनडीपीएस कार्ट (मादक पदार्थ निषेध कानूनलाई आधार बनाएर काम गर्ने अदालत) मा हास्यकलाकार भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न अपिल गरेको छ ।

भारती सिंह र उनका श्रीमानलाई २१ नोभेम्बरमा एनसीबीले पक्राउ गरेको थियो । त्यतिबेला एनसीबीले भारती सिंहको घरमा भएको छापामारीमा ८६.५ ग्राम गाँजा बरामद भएको बताएको थियो । तर यी दुबैलाई १५–१५ हजार जमानत लिएर छोडिएको थियो ।

अब एनसीबीले एनडीपीएस कोर्टसमक्ष भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न गुहार लगाएको छ र एनसीबीलाई सोधपुछका लागि सुम्पन आग्रह गरेको छ । अदालतले भारती सिंह र उनका श्रीमानलाई नोटिस पठाएको छ र अर्को हप्ता यो मामिलामा सुनुवाई हुने सम्भावना छ ।

प्रकाशित मिति: १७ मंसिर २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्