सौर्य सिमेन्ट उद्योगमा आगलागी, पाँच मजदुर घाइते




उदयपुर, कात्तिक १९
उदयपुरको कटारी नगरपालिका-८ भाण्टावारीस्थित सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा बिहीबार राती बम विष्फोट भएको छ । बम विष्फोट हुँदा पाँच जना मजदुर घाइते भएका छन्।

विष्फोटनबाट उद्योगमा कार्यरत कटारी नगरपालिका ८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडानं ७ का २३ वर्षीय नविन मगर, उदयपुरगढी गाउँपालिका-२ का २५ वर्षीय दुर्गा तामाङ्ग, मकवानपुर जिल्लाका ३० वर्षीय सागर मोक्तान, १८ वर्षीय शिवशंकर मोक्तान रहेको डिएसपी भण्डारीले बताए। उनीहरु सबैको अवश्था सामान्य छ। कटारी अस्पतालमा सामान्य उपचारपछि घर पठाइएको उनले बताए।

विष्फोटबाट उद्योगको खानी क्षेत्रमा रहेको बा।१।ख।७९९२ नम्बरको स्काभेटर, एक नम्बर नखुलेको मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ भने अन्य तीन वटा स्काभेटरमा क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीले जानकारी दिए।

कर्मचारीकाअनुसार राती सात जनाको टोली हल्लाखल्ला गर्दै आएर बम विष्फोट गराएका थिए। उनीहरुले खानीको स्काभेटरमा आगोसमेत लगाएको बताए। 

मध्यरातमा चार वटा बम एकैसाथ पडकिदा मजदुरहरु भागाभाग भएको थियो। घटना लगत्तै डिएसपी भण्डारीको कमाण्डमा प्रहरी टोली परिचालन गरी एरिया नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए। यसअघि ताप्लि गाउँपालिकालाई लक्षित गरी मंसिर ७ गते अज्ञात समुहले बम बिस्फोटन गराएको थियो। बम विस्फोटन कसले गर्यो भन्ने एकिन नभएपनि विप्लव समुहले विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: १९ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्