भिरबाट लडेर मृत्यु



पर्वत, असोज २८

पर्वतको आर्थर डाँडाखर्क गाविसमा भिरबाट लडेर बिहीबार बिहान एक वृद्धको ज्यान गएको छ ।छिमेकी स्याङ्जाको बाङ्गसिङ्ग देउराली–५ का ६० वर्षीय रिठे विकको पर्वतको आर्थर डाँडाखर्क–९ स्यानीस्वाँराको भिरबाट लडेर ज्यान गएको हो ।

स्यानीस्वाँरास्थित आरनमा हँसिया लिएर आएका विकको बिहीबार बिहान १० बजेको समयमा भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । चिप्लो भिरको बाटोमा हिँडेका वृद्धको एक्कासि करिब सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News