सुनको मूल्य आजपनि घट्यो


 



काठमाडौं, मंसिर २२
बजारमा आज सुनको मूल्य अझ घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार ६ सय कायम भएको छ । सुन हिजो प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्