सुनको मूल्य आज फेरि ह्वात्तै बढ्यो




काठमाडौं, मंसिर २३
सुनको मूल्य आज फेरि ह्वात्तै बढेको छ । सुन आज तोलामा एक हजार पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार एक सय पुगेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ३५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्