सुनको मूल्य घट्यो, कति छ आज तोलाको ?


 



काठमाडौं, मंसिर २४
बजारमा आज सुन तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला ९३ हजार चार सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय १५ कायम भएको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्