आजपनि घट्यो सुनको मूल्य


 



काठमाडौं, मंसिर २५
सुनको मूल्य आजपनि घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँँ घट्दै प्रतितोला ९२ हजार पाँच सयमा झरेको छ । सुन हिजो प्रतियोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सयमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रकाशित मिति: २५ मंसिर २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्