सुनको मूल्य कति छ आज ?


 


काठमाडौं, मंसिर २६
बजारमा आज सुनको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा नै कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थीर रहँदै प्रतितोला एक हजार दुई सय रुपैयाँमा नै कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रकाशित मिति: २६ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्