सुदूरपश्चिम प्रदेशमा इन्जिनियर तथा सब-इन्जिनियरलाई जागिरको अवसर, (सूचनासहित)


 



धनगढी, मंसिर २६
सुदूरपश्चिम प्रदेश सरकारले इन्जिनियर र सब–इन्जिनियरसहित ४३ जना प्राविधिक जनशक्ति माग गरेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले शनिबार सूचना जारी गर्दै करार सेवामा इन्जिनियर र सबइन्जिनियर माग गरेको हो । जारी सूचनाअनुसार सातौं तहका १० जना इन्जिनियर, ईन्जिनियर/बिल्डिङ एण्ड आर्किटेक चार जना, पाँचौं तहका सबईन्जिनियर/सिभिल १३ जना मागेको छ ।

त्यस्तै, सब–ईन्जिनियर/बिल्डिङ एण्ड आर्किटेक सात जना, मेकालिनकल सुपरभाइजर/सिनियर मेकानिक्स र ल्याव टेक्निसियन दुई/दुई जना र पाँचौं तहकै खानेपानी तथा सरसफाई टेक्नििसियन पाँच जनाका लागि दर्खास्त आह्वान गरिएको छ ।

मन्त्रालयले सूचना जारी गरिएको २१ दिनभित्र तोकिएको दस्तुरसहित फाराम भर्ना आग्रह गरिएको छ । परीक्षणका किसिम लिखित र अन्तरवार्ता राखिएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्