रणविर को ट्रेलरनै हिट फिल्म कस्तो होला ?


 


ranabirभारतीय चलचित्र चल्ने होडबाजी जहिले उस्तै हुन्छ । एउटा चलचित्रमा हिट भएको हिरो अर्को चलचित्रमा फल्प बनिहालेका उदाहरण पनि धेरैनै छन । अझ भन्नुपर्दा भारतमा कतिपय चलचित्र भन्दा पनि चलचित्रमा आएका नायक हरुलाई हेर्न दर्शकहरु हल सम्म जाने गरेका छन । सल्मान खान , ऋतिक रोशन ,शाहारुख खान जस्ता कलाकार हरुलाई हेर्नका लागि नै दर्शक हल सम्म पुगेपछि चलचित्र हिट नहुने त कुरै भएन ।

पछिल्लो पटक चलेको चलचित्र्र बाजीराव मस्तानि’ बाट साहारुख खान लाई उछिन्दै हिट बनेका अभिनेता रणविर सिंह अभिनित चलचित्र्र बेफिक्रे’ को ट्रेलरले नै रेकर्ड तोडेको छ । ट्रेलर रिलिज भएको ३ दिनमानै युट्युव हेर्ने र डाउनलोड गर्नेको सँख्यामा एक्कासि बृद्धि भएको छ । ३ दिनमा हेर्नेको सँख्या १ करोड ६५ लाख रहेको बताईएको छ ।

बलियुड स्टार सल्मान खान , आमिर खान र साहारुख खानको दाँजोमा ३ दिनमा नै युट्युवमा हेर्नेको सँख्या बृद्धि कायम गर्दै अघि बढेको यो चलचित्र्र बेफिक्रे’ सामाजिक सँजालमा पनि भाईरल बनेको देखिन्छ ।

३ खानको दाँजोमा यो चलचित्रको ट्रेलर युट्युबमा अझ बढि चलेको बिभिन्न भारतिय संचार माध्यममा खबर आईरहेको छ । यस चलचित्रमा रणविर सिंह , वाणी कपुर मुख्य अभिनय मा देखिने छन । निर्देशन , लेखन तथा निर्माण भने आदित्य चोपडाले गरेको बताईएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्