साताको पहिलो दिन कति छ सुनको मूल्य ?


 



काठमाडौं, मंसिर २८
बजारमा सुनको मूल्य साताको पहिलो दिन पनि स्थीर रहेको छ । सुन आज पनि प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा नै कारोबार भैरहेको छ । गएको बिहीबार र शुक्रबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि तीन दिनदेखि स्थीर छ । आज पनि चाँदी प्रतितोला एक हजार दुई सय रुपैयाँमानै कारोबार भैरहेको छ । चाँदी गत हप्ताको बिहीबार र शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्