पूर्वपत्नीविरुद्ध कानुनी उपचारमा जाने गजुरेलकाे चेतावनी


 


काठमाडौं, मंसिर ३०
वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलले पूर्वपत्नीविरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएका छन्।

तीन वर्षअघि डिभोर्स भएपछि पनि पूर्वश्रीमतीबाट गाली–बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै उनले कानुनी उपचारमा जाने चेतावनी दिएका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै गजुरेलले ५ वटा बुँदामा आफ्नो व्यथा पोखेका हुन् । एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन बसेको भन्दै उनले अहिले बाध्य भएर स्पष्टीकरण दिनुपरेको उल्लेख गरेका छन् । पूर्वश्रीमतीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पुर्‍याएको उनको गुनासो छ ।

गजुरेलले लेखेका छन्, ‘अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु ।’

प्रकाशित मिति: ३० मंसिर २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्