सुनको मूल्य बढ्यो




काठमाडौं, पौष १
सुनको मूल्य आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९३ हजार एक सय पुगेको छ । सुन हिजो प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदी पनि आज तोलामा ३० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ३० रुपैयाँँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्