विश्वभर तेलको मूल्य बढ्ने, प्रति ब्यारल ४४ डलर पुग्ने आँकलन


 



एजेन्सी,
सन् २०२१ मा विश्वभर तेलको मूल्यमा वृद्धि हुने विश्व बैँकले बताएको छ । सन् २०२१ मा तेलको मूल्य प्रति ब्यारल ४४ डलर पुग्ने आँकलन गरिएको छ । सन् २०२२ मा ५० डलर प्रति ब्यारल पुग्ने विश्व बैकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

रिपोर्टका अनुसार यस वर्ष प्रति ब्यारल ४१ डलर पुगेको छ । कोरोना महामारीको कारण मूल्यमा उतार चढाव हुने बताइएको छ । खोप बजारमा ल्याउने दौड चलिरहेको बेला यसको उत्पादन र वितरण अत्याधिक हुने र चाप बढ्ने भएको कारण समेत मूल्य बृद्वी हुने जनाइएको छ ।

भविष्यमा संक्रमणको संख्याले लकडाउनको अवस्था पनि आउन सक्ने अन्य पर्दाथ भन्दा तेलको मूल्यमा गिरावट पनि आउन सक्ने अनुमान गरिएको छ । तर, खोप बजारमा उपलब्ध हुने क्रममा बिरतण र उत्पादनका लागि चाहिने तेलले यसको झरेको मूल्यलाई उकास्न निकै मद्दत पुग्ने छ ।

महामारीका कारणले उपभोगमा समस्या र प्रभाव पर्ने अनुमान गरिएको छ । २०२१ को अन्त्यसम्ममा यसको खपत महामारी खगावै रहेको प्रतिशत भन्दा छ प्रतिशत मा रहने विश्व बैकको आँकलन रहेको छ ।

प्रकाशित मिति: ३ पुस २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्