युएईमा अब नियमित नेपाल चलचित्र



काठमाण्डौ,असोज ३०
पछिल्लो समय विकासको हिसाबले निकै अघि आइसकेको देश युएईु मा अब नियमित रुपमा नेपाली फिल्म प्रदर्शन हुने भएको छ । त्यहाँ स्थित स्थानिय हलमा अब एकै सरभरबाट नौ शहरमा एकसाथ नेपाली फिल्म प्रदर्शनमा आउने पक्का भएको त्यहाँ स्थित नेपाल पत्रकार महासंघ अध्यक्ष त्रिलोचन कोईरालाले बताउनुभयो ।

पहिलो शो अन्तर्गत मिलन चाम्स निर्देशित फिल्म बीर बिक्रमुले हाउसफुलका साथ आफ्नो प्रदर्शनलाई अघि बढाएको छ । फिल्म प्रदर्शनको सुभारम्भमा नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदुत नेत्र टन्डन , चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई लगायत उपस्थित रहँदै सुभकामना व्यक्त गरे ।

भोक्स फिल्म हलको सिन्धगा सिनेमा हल बरदुवइमा भएको कार्यक्रममा युएईमा क्रियासिल नेपाली संघ संस्था सम्बद्ध व्याक्तिहरु सञ्चारकर्मी तथा फिल्म प्रेमीहरुको राम्रो उपस्तिथी रहेको थियो ।

आयोजक टिमबाट प्राप्त जानकारी अनुसार युएईमा अब नियमित रुपमा बिहीबार, शुक्रबार र शनिबार नेपाली फिल्म चल्नेछ । कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स कम्पनिले यो व्यवस्था गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News