पुरानो कथामा बनेको चलचित्र रिलिज गरिँदै



purano-pusta-film

काठमाण्डौ , असोज ३०

सय वर्ष पहिलाका पुस्ताको कथालाई प्रस्तुत गरिएको फिल्म {पुरानो पुस्ता’ प्रदर्शनका लागि तयार भएको छ । फ्लोरिना फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको भएको फिल्ममा दीप सागरको निर्देशन छ ।
फिल्म मंसीर ३ गतेबाट अल नेपाल रिलिज हुँदैछ । रोल्पा र प्युठानमा छायांकन गरिएको फिल्ममा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारले अभिनय गरेका छन् ।

सावित्री ओली कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जिव पौडेलको लेखन र दीपसागरकै छायांकन छ । निर्देशक दीपसागरले राप्तीका पहाडी जिल्लाहरुको रमणीय दृष्य फिल्ममा दर्शकले हेर्न पाउने बताए ।
आफ्नो फिल्म अन्य फिल्म भन्दा फरक र मौलिक विषय बस्तुसहित बनेकाले सबैले मन पराउने दाबी उनले गरे । फिल्ममा तीनवटा गीत समावेश छन् । जसमा डमप्रकाश पुनः र दीप सागर जिसीको संगीत र कृष्णप्रसाद पौडेलको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News