सुनको मूल्य आज घट्यो




काठमाडौं, पौष ६
सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतियोला ९४ हजार ९ सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९५ हजार दुई सय रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय १५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्