तोलामा ९ सय रुपैयाँ घट्यो सुनको मूल्य




काठमाडौं, पौष ८
बजारमा आज सुन तोलामा ९ सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार ९ सय रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा ५० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ६५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ८ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्