चलचित्र छक्का पँजाले तोड्यो रेर्कड, कति कमायो ?


 


20160719083700_d3ef3ea980ce6913545d27e9a4ef1819filmykhabar-com

काठमाण्डौ, असोज ३०

प्रदर्शनको छैटौं हप्तामा प्रवेश गरेको फिल्म ‘छक्का पञ्जा’ले नेपाली वक्सअफिसका सबैजसो किर्तिमान ब्रेक गरेको छ । फिल्मले ३७ दिनको प्रदर्शन पार गर्दैगर्दा झण्डै १३ करोड आसपासको कलेक्शन गरेको छ । यो कलेक्शन आजका दिनसम्म कुनै पनि नेपाली फिल्मको भन्दा बढि हो ।
यसअघि सर्वाधिक कलेक्शनको रेकर्ड दिवंगत अभिनेता श्रीकृष्ठ श्रेष्ठ स्टारर फिल्म ‘कोहिनुर’को नाममा थियो । उक्त फिल्मले झण्डै १० करोडको विजनेस गरेको थियो ।
फिल्मले प्रदर्शनको सातौं हप्ताको ढोका ढक्ढक्याउन पुग्दा पनि हलमा दर्शकको साथ उत्तिकै छ । आजका दिनसम्म पनि मल्टिप्लेक्स तथा सिंगल थियटर सबैतिर फिल्मको अकुपेन्सी ८० प्रतिशत माथी रहेको हल सञ्चालकहरु बताउँछन् । मल्टिप्लेक्समा शो बिराएर फिल्मले हाउसफुल कलेक्शनलाई जारी राखिरहेको छ ।
फिल्म आफैमा उत्कृष्ट बनेको अनि अभिनयमा जोडिएका स्टारकास्ट, कमेडी जनराका सर्वाधिक चर्चित अनुहारहरु समेटिनु जस्ता कारणहरु फिल्मप्रति दर्शक उर्लिनुको पछाडी छन् ।

डेब्यू फिल्मबाट नै सफलता चाखेकी अभिनेत्री तथा हाँस्य कलाकार दिपाश्री निरौलाले नेपाली फिल्म निर्देशकहरुको सुचीमा आफुलाई सुरुमै अब्बल सावित गरेकी छिन् । यो फिल्ममा दिपकराज गिरी, जितु नेपाल, प्रियंका कार्की, केदार घिमिरे, बर्षा राउत, शिवहरी पौड्याल लगायत लिड अभिनयमा छन् ।

प्रकाशित मिति: ३० आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्