सुनको मूल्य बढ्यो
काठमाडौं, पौष ९
सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार एक सय रुपैयाँ पुगेको छ ।
सुन हिजो प्रतितोला ९४ हजार रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ८० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: ९ पुस २०७७, बिहिबार












