किन राेकियाे आलियाको विवाह?


 


मुम्बई, पाैष ११
बलिउड नायक रणवीर कपुरले नायिका आलिया भट्ट आफ्नो प्रेमिका भएको स्वीकारेका छन्।

पहिलो पटक सार्वजनिक रूपमा नायिका भट्टलाइ आफ्नो प्रेमिका भएको स्वीकारेकाे भारतीय संचारमाध्यमहरूले जनाएका छन्।

रणवीर भन्छन्, ‘यदि महामारीले हाम्रो जीवनमा हमला नगरेको भए मेरो विवाह भइसकेको हुन्थ्यो। तर म यसलाई अभागी भन्न चाहन्नँ। म चाँडै आफ्नो जीवनको यो लक्ष्य पनि पूरा गर्नेछु।’

एक अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, ‘मेरी प्रेमिका आलिया ओभर एचिभर हुन्। उनले गिटारदेखि लिएर स्क्रिन राइटिङसम्म सम्भवतः हर अनलाइन क्लास लिएकी छन्। उनको अघि म आफूलाई अन्डर एचिभर महसुस गर्छु।’

प्रकाशित मिति: ११ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्