सुनको मूल्य आज स्थीर


 


काठमाडौं, पौष १२
बजारमा आज सुनको मूल्य स्थीर रहेको छ । सुन आजपनि प्रतितोला ९४ हजार दुई सय रुपैयाँमानै कारोबार भैरहेको छ ।

सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थीर रहँदै प्रतितोला एक हजार दुई सय ८० रुपैयाँमै कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १२ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्