सुनको मूल्य आज घट्यो


 



काठमाडौं, पौष १६
बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार एक सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ घट्दै प्रतोतोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ । चादी हिजो प्रतितोला एक हजार तीन सय पाँच रुपैयाँमा कारोबाएको थियो।

प्रकाशित मिति: १६ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्