चाबहिलको सहकारीबाट दुई लाख रुपैयाँ लुटपाट


 



काठमाडौं, पौष १६
काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित एवान क्याफे नजिकबाट सन्घुस बचत तथा ऋण सहकारी संस्थाको बजार संकलकको साथबाट नगद २ लाख रुपैयाँ दिउँसो लुटपाट भएको छ ।

बा ४ प २९५६ नम्बरको स्कुटरमा आएका दुई जना अपरिचित व्यक्तिहरुले उक्त नगद लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा खटिएको प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: १६ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्