सुनको मूल्य बढ्यो, चाँदीको यथावत


 



काठमाडौं, पौष १७
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । सुन आज तोलामा चार सय बढ्दै प्रतितोला ९४ हजार पाँच सय पुगेको छ ।

सुन हिजो हिजो प्रतितोला ९४ हजार एक सय रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थीर छ । चाँदी आज पनि प्रतितोला एक हजार तीन सय रुपैयाँमै कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १७ पुस २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्