दिपाले माैनता ताेडिन, भन्छिन् ‘बहुविवाहको कानुन नहुँदो हो त दिपक सँग बिहे गरिसक्थेँ’ (भिडियाे सहित)


 


deepa-shree-niraula-deepak-raj-giriदीपक–दीपाको व्यावसायिक सफलतालाई व्यक्तिगत जीवनसँग जोडिन्छ बरोबर । तीतो–सत्यबाट त आमदर्शकमा उनीहरूको छवि असली पति–पत्नीकै रूपमा बन्यो । तर, वास्तविकता के हो भने दीपालाई भेट्नु पहिल्यै दीपक कसैको पति भइसकेका थिए भने दीपा अहिलेसम्म अविवाहित ।

त्यसैले बाहिरबाट हेर्दा लाग्छ, दीपक व्यावसायिक र व्यक्तिगत दुवै जीवनमा सफल छन् तर दीपाको व्यक्तिगत जीवन अधुरो । यही आशयको प्रश्न उनलाई सोधेपछि केही भावुक बनिन् । दीपक पनि चुप रहे । तर, दीपाले यो मौनतालाई चिरिहालिन्, “दीपकले मलाई कहिल्यै एक्लो महसुस हुन दिएको छैन ।

पतिबाट भन्दा बढी माया, आत्मीयता र प्रेरणा पाएकी छु । त्यसैले विवाहतिर ध्यानै गएको छैन ।” फेरि उनलाई सोधियो, दीपकसँगै विवाह गर्न मन लाग्दैन ? सुरुमा उनी ‘बहुविवाहको कानुन नहुँदो हो त गरिसक्थेँ’ भनेर जिस्किन् ।

दीपकले सहमति जनाए । तर, त्यत्तिमै उनको मन किन मान्थ्यो र ? भाका हालिन्, “कति नाता नगाँसेरै मीठा–मीठा–मीठा हुन्छन्…।” यी शब्द गुनगुनाइरहँदा दीपाका आँखा टिलपिलाएका थिए, दीपकको जस्तै ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्