कंगनाको विपक्षमा आयो अदालतको फैसला, के गर्छिन् अब ?




एजेन्सी
बलिउड अभिनेत्री कंगना रनौटलाई नागरिक अदातले उनको विपक्षमा फैसला गरेको छ ।

कंगनामाथि नियम उल्लघंन गरेको आरोपमा उनको विपक्षमा फैसला आएको हो । अभिनेत्रीले मुम्बईमा बनाएको घर पछिल्लो दुई वर्षदेखि विवादमा आइरहेको छ । कंगनाले बीएमसीलमाथि कारबाहीको माग गरेर अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

समाचार अनुसार अदालतले यसको फैसला १७ डिसेम्बरमा गरेर कगनाले नियमको उल्लघंन गरेको बताएको थियो । फैसला गर्ने वकिलको अनुसार कंगनाले १६ तलाको भवनमा पाँचौ तलामा तीन फ्याट बनाउदा कसंक एरिया, डक्ट एरिया र कमन प्यासेज बनाएकी थिइन् । यसको साथै खुला रहने स्थानमा पनि कोठा बनाएकी थिइन् ।

अदालतले गरेको यस्तो फैसलामाथि कसैले पनि दखल दिन आवश्यक नभएको बताएको छ । कंगनालाई यस फैसलाको विरुद्ध उच्च अदालत बम्बैमा अपिल गर्नलाई ६ हप्ताको समय दिएको थियो ।

बीएमसीले मार्च २०१८मा अभिनेत्रीले आफ्नो फ्याटमा अनाधिकृत निर्र्माण कार्य गरेको सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News