कस्तो छ त सञ्चिता र जीवनको राधा वाला घुम्टो ?


 


radha-poster12

काठमाण्डौ, कार्तिक १

फिल्म ‘राधा’को पोस्टर सार्वजनिक भएको छ  । अधिकांश दृश्य खिचिएको झापामा नै पुगेर निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा मुख्य अभिनेता जीवन लुईंटेल र अभिनेत्री सञ्चिता लुईंटेलको प्रेमभाव झल्किन्छ । तिहारमा रिलिज हुने उक्त फिल्मको झापा दमकमा आयोजित एक पत्रकार सम्मेलन मार्फत फष्टलुक पोष्टर रिलिज गरिएको हो ।

कार्यक्रममा निर्देशक योगेश घिमिरे, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज सहित दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विमल खतिवडा, प्रथम उपाध्यक्ष गोपाल गुरागाई, एफ.डी कम्पनीका पूर्वाञ्चल वितरक चौतन्य बराल एवं नेपाल चलचित्र संघ पूर्वाञ्चल बेल्टका निवर्तमान सभापति विकास कोइराला लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्