प्रतितोला सात सय रुपैयाँ बढ्यो सुनको मूल्य


 



काठमाडौं, पौष २०
नेपाली बजारमा आज सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार तीन सय रुपैयाँँ पुगेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँँ बढ्दै प्रतितोला एक हजार तीन सय २५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २० पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्