सुनको भाउ आज फेरि बढ्यो


 



काठमाडौं, पौष २२
नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९६ हजार सात सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९४ हजार पाँच सय रुपैयाँ थियो ।

यसैबीच आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ४० रुपैयाँ पुगेको छ । चाँदी हिजो मंगलबार प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: २२ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्