र्पोन फिल्म मात्र अर्गानिक भन्छन निखिल उप्रेति


 


nikhil-upretiकाठमाण्डौ, कार्तिक १

नेपालमा पछिल्लो समय हरेकजसो निर्माता निर्देशकले आफ्नो फिल्मलाई अर्गानिक भनेर प्रचार गर्ने थालेका छन् । अर्गानिक भन्ने अनि सोहि शब्दलाई शुद्ध नेपाली भनेर प्रचार पनि गरिन्छ । तर यो विषयमा स्टार अभिनेता निखिल उप्रेतीले भने फरक मत राखेका छन् ।

आफ्नै होम प्रोडक्शनमा ‘रुद्र’ नामको फिल्म निर्माण घोषणा कार्यक्रममा मिडियाकर्मीको तपाईंको फिल्म पनि कतै अर्गानिक त होईन भन्ने प्रश्नमा निखिलले जवाफ दिँदै संसारमा पोर्न फिल्ममात्रै अर्गानिक रहेको दाबी गरे ।

‘संसारमा प्रकृति (नेचर) मात्रै अर्गानिक छ अरु सबै आर्टिफिसियल हो, मेरो फिल्म पनि आर्टिफिसियल हो, अर्गानिक भनेर प्रचार गर्नुछैन्’, निखिलले भने । पोर्न फिल्म पुर्णतः निर्वस्त्र हुने भएको कारण त्यसलाई प्राकृतिक भन्दै सोहि प्रकारको पिक्चर मात्रै अर्गानिक हुने तर्क निखिलको थियो ।

निखिलले ‘रुद्र’बाट दुई नयाँ अनुहार विश्व शर्मा र सारालाई डेब्यू दिँदै रामजी लामिछानेलाई निर्देशक लिएर काम थालेका छन् ।

प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्