सुनको मूल्य आज ह्वात्तै घट्यो


 



काठमाडौं, पौष २३
नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन तोलामा एक हजार तीन सय रुपैयाँ घट्दै प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।

सुन हिजो ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २३ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्