अब एउटा बैंकको एटीएम अर्को मसिनमा प्रयोग गर्दा शूल्क लाग्ने


 



काठमाडौं, पौष २३
अबदेखि एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क लाग्ने भएको छ ।

आगामी माघ १ गतेदेखि अन्तर बैंक एटिएम सेवा प्रयोग गर्दा शुल्क लाग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँ व्यवस्था जारी गर्दै नेपाल राष्ट्र बैंकले महिनामा दुई पटकसम्म अन्तर बैंक एटिएम प्रयोग गर्दा निःशूल्क र त्यसपछि भने बैंकहरुले प्रति कारोबार २० रुपैयाँसम्म शूल्क लिन पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले यसअघि एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क नलाग्ने व्यवस्था गरेको थियो । तर उक्त निर्णय गरेको केही महिनापछि राष्ट्र बैंक आफै पछाडि हटेको छ ।

प्रकाशित मिति: २३ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्