साताको पहिलो ह्वात्तै घट्यो सुनको मूल्य


 



काठमाडौं, पौष २६
साताको पहिलो दिन नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन तोलामा दुई हजार तीन सय रुपैयाँ घट्दै प्रतितोला ९३ हजारमा झरेको छ ।

सुन गएको शुक्रबार प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ७० मा झरेको सछ । चाँदी शुक्रबार प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २६ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्