सुनको मूल्य आज बढ्यो


 



काठमाडौं, पौष २८
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । स्न आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार आठ सय रुपैयाँँ पुगेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ५० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्