आज सामान्य बढ्यो सुनको मूल्य


 



काठमाडौं, पौष २९
नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार ९ सय पुगेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ६० मा पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २९ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्