६ महिनामा बजेट खर्च २८ प्रतिशत मात्रै


 



काठमाडौं, माघ १
सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चालु आवका लागि विनियोजना गरिएको १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँमध्ये ४ खर्ब १५ अर्ब ७४ करोड रुपैयाँमात्र खर्च भएको हो । बजेट खर्च चालुतर्फ लक्ष्यको ३६ प्रतिशत भएको छ भने पुँजीगततर्फको अवस्था नाजुक छ ।

हालसम्म लक्ष्यको १४।४ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ लक्ष्यको १३ प्रतिशत खर्च भएको छ । बजेट खर्च मात्र नभएर राजस्व संकलन पनि लक्ष्यभन्दा निकै पर छ ।

६ महिना बित्दा ४१.७ प्रतिशत राजस्व संकलन भएको तथ्यांक महालेखाको छ । चालु आवमा १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाउने सरकारको लक्ष्य भएकामा हालसम्म चार खर्ब २२ अर्ब २३ करोड उठेको छ । त्यसमध्ये कर राजस्व लक्ष्यको ४२।३ प्रतिशत उठेको छ भने गैरकर ३६।१ प्रतिशत उठेको हो ।

पुस मसान्तसम्म ४ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । पुससम्म उठेको राजस्व अर्धवार्षिक लक्ष्यको ८८ प्रतिशत मात्र हो ।

प्रकाशित मिति: १ माघ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्