सवारी दुर्घटनामा परि कतारमा एक नेपाली युवकको मृत्यु




झापा, माघ ५
कतारमा सवारी दुर्घटनामा परि एक नेपाली युवकको मृत्यु भएको छ । ट्रक दुर्घटनामा परि झापा गाउँपालिका ३ कामिटोली बजार स्थायी घर भएका पशुपति शाहको घटनास्थलमै मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

विगत ८ वर्ष देखि कतारमा डाइभिङ गर्दै आएका उनको आफूले चलाएको ट्रक दुर्घटनामा परि मृत्यु भएको हो । कामिटोली बजारमा सामान्य परिवारका उनका श्रीमती र दुई छोरा रहेका छन् ।

दुर्घटना परी मृत्यु भएका शाहको आवश्यक कागजात पूरा गरी नेपाल पठाउन सम्बन्धित निकायमा प्रक्रिया अघि बढी सकेको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News