दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको कारोबार




काठमाडौं, माघ ५
नेपाल स्टक एक्सचेन्ज नेप्से आज पनि दोहोरो अंकले बढेको छ । आज कारोबारको सुरुवातबाटै उकालो यात्रा तय गरेको नेप्से अन्तिम समय सम्म आइपुग्ता १७।३१ अंकले बढेर २३३२।३२ को विन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका कम्पनीहरु मध्य सबै भन्दा धेरै ११० कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, ५३ कम्पनीको शेयर मूल्य घटेको छ । आज नेप्सेमा १ करोड १४ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै प्रभु बैंकको ३३ करोड र नेपाल टेलिकमको २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News